कालो ! शून्यमा शून्यसरी, बिलाउनै पर्छ हामीले मानव भएको आभास त, दिलाउनै पर्छ हामीले फगत तिमीलाई मात्र हैन, दुख भएको संसारमा जता फाटे नि जीवन यो, सिलाउनै पर्छ हामीले ।
Poet · Haikuist · Storyteller
चूडामणि नेपाल ‘अकिञ्चन’
Choodamani Nepal ‘Akinchan’
कवि मुक्तककार हाइकुकार कथाकार
माटोको बास्ना, हिमालको छाया र मानिसका अनकहा कथाहरूलाई शब्दमा उतार्ने एक नेपाली स्रष्टा। यहाँ उहाँका कविता, मुक्तक, हाइकु र कथाहरू सङ्गृहीत छन्।
मुक्तक
निरास निरास पराजित मनमा पनि, म झिनो आशामा हुन्छु निष्पट्ट अन्धकार पछिको सुनौलो, उज्यालो प्रकाशमा हुन्छु चाँडो, अति चाँडो बाहिर निस्कुँ भन्छु, सांसारिक झमेलाबाट झन्झन् झन् किन म भ्रमित ? जीवनको गहिरो भासमा हुन्छु ?
केही हाइकु
झर्दैन थोपो मौसम भारी वर्षा बाँझै छ खेत ।
॰ बाँझो खेत ॰
गलक्क पाक्यो रुखमा नरिवल भिन्न के छ त ?
॰ नरिवल ॰
व्यङ्ग्य कुटिल हतकडी हातमा रुन्छ मर्यादा ।
॰ मर्यादा ॰
पछिल्ला कविताहरू
फड्के ढुङ्गो
युगौँको इतिहास पात्ले घारिको सिरानमा घामको ताप शीतका कहर खपेर
२०२६ अगस्ट ७
मेरो बा
झुण्डिएको छ काँटीमा एउटा पुरानोथोत्रो कोट टाँगिएका छन् भित्तामा भेटिएजति आस्थाका भगवानहरु
२०२६ अगस्ट ६
देउता बोल्दैनन्
सिङ्गारिन्छन्, मुस्कुराइन्छन् बोलाइन्छन्, पुकारिन्छन् तर तपाईं रुनुहोस् कराउनुहोस्
२०२६ अगस्ट ५
कथाहरू
रङ
हामी समुद्री किनारमा भेट भयौँ । जुलु मुसुक्क मुस्कुराई । ऊ एक्लै थिई । म नजिक गएँ । ‘‘हाई जुलु !’’ मैले हात उठाएँ ।
२०२६ अगस्ट ७
वकपत्र
‘‘पुर्पुरो पनि कस्तो अभागी । जन्मदा पनि खप्परमात्र लिएर जन्मेछु । हात, खुट्टा न शरीर ।’’ भकुण्डो बोल्यो ।
२०२६ अगस्ट ५
दोष
‘‘यो कोठामा मेरो प्यारो नाति बस्छ ।’’ हजुरबा जेठो नातिलाई असाध्यै माया गर्दै भन्नुहुन्थ्यो ।
२०२६ अगस्ट ५