देउता बोल्दैनन्
२०२६ अगस्ट ५
देउता बोल्दैनन् ।
सिङ्गारिन्छन्, मुस्कुराइन्छन् बोलाइन्छन्, पुकारिन्छन् तर तपाईं रुनुहोस् कराउनुहोस् पुकार्नुहोस्, वा ढोग्नुहोस् प्राण प्रतिष्ठा गर्नुहोस् तर पनि देउताहरू बोल्दैनन् बोल्दै बोल्दैनन् ।
देश, कानुन खरानी पार्नुहोस् आफ्नै घर मन्दिर जलाउनुहोस् वा लुट्नुहोस् अहँ देउताहरू फिटिक्कै बोल्दैनन् देउता मान्छेले बनायो कि मान्छेले मान्छेलाई देउता बनायो ?