झर्दैन थोपो मौसम भारी वर्षा बाँझै छ खेत ।
॰ बाँझो खेत ॰
२०२६ अगस्ट ५
तीन हरफभित्र अटाएका ऋतु, क्षण र मौनताका चित्रहरू।
झर्दैन थोपो मौसम भारी वर्षा बाँझै छ खेत ।
॰ बाँझो खेत ॰
२०२६ अगस्ट ५
गलक्क पाक्यो रुखमा नरिवल भिन्न के छ त ?
॰ नरिवल ॰
२०२६ अगस्ट ५
व्यङ्ग्य कुटिल हतकडी हातमा रुन्छ मर्यादा ।
॰ मर्यादा ॰
२०२६ अगस्ट ५
खाली छ गृह डेरा खोज्ला नि कोही बसाइँ सर्न ।
॰ बसाइँ ॰
२०२६ अगस्ट ५
नीलो बसको ब्रेक लाग्छ कहिले ? कर्णाली थ्याच्च ।
॰ नीलो बस ॰
२०२६ अगस्ट ५
थप हटाउ केर, मेट, घटाउ विद्यार्थी तिमी ।
॰ विद्यार्थी ॰
२०२६ अगस्ट ५
बजाउ ताली डुब्दै छ तिम्रो डुङ्गा गङ्गा छालमा ।
॰ डुङ्गा ॰
२०२६ अगस्ट ५
साच्चै खोज्दैनौ किन आमा जलिन ? थाहा चाहियो ।
॰ आमा ॰
२०२६ अगस्ट ५
रून्छ बादल आधार छैन अड्ने हावाको बुई ।
॰ बादल ॰
२०२६ अगस्ट ५
भन्छ ऊ कृष्ण दूर्योधन चरित्र डामेको साँढे ।
॰ डामेको साँढे ॰
२०२६ अगस्ट ५
गर्जन्छ मेघ हिमाल माथि छु म कस्तो छ भ्रम ?
॰ भ्रम ॰
२०२६ अगस्ट ५
रोपौँ गुराँश रित्ता पहाडमा नाच्छ सौन्दर्य ।
॰ गुराँश ॰
२०२६ अगस्ट ५
जङ्गे पिलर सुस्तरी सर्छ रे नि नाघ्दै सिमाना ।
॰ जङ्गे पिलर ॰
२०२६ अगस्ट ५
बाँच्नु छ मर्न कस्तो छ जिजीविषा मान्छे तमासा ।
॰ जिजीविषा ॰
२०२६ अगस्ट ५
कालापानीमा गाड नेपाली झण्डा आँट छ तिम्रो ?
॰ कालापानी ॰
२०२६ अगस्ट ५
नौलो मान्छे म बाटो हराउला कि कालो कुर्सीमा ।
॰ कालो कुर्सी ॰
२०२६ अगस्ट ५
उही छ बाटो जमिनको खरायो निदाउला त ?
॰ खरायो ॰
२०२६ अगस्ट ५
हाँस्छ हिमाल पर्यटकको ताँतीमा शिर झुकाइ ।
॰ पर्यटक ॰
२०२६ अगस्ट ५
छौ समाधिस्थ सगरमाथा काख युग युगान्त ।
॰ सगरमाथा ॰
२०२६ अगस्ट ५
घर खरानी तातो आगो ताप्दै छौ झेली छ सत्ता ।
॰ सत्ता ॰
२०२६ अगस्ट ५
हिमाल माथि मर्न पाए गर्वले पुगिन्थ्यो स्वर्ग ।
॰ स्वर्ग ॰
२०२६ अगस्ट ५
पोल्छ बेस्सरी पुगेँ मरूभूमीमा संझन्छु देश ।
॰ मरुभूमि ॰
२०२६ अगस्ट ५
छु हिमालझैँ ए पवन प्रवाह सृष्टि मेघ म ।
॰ सृष्टि मेघ ॰
२०२६ अगस्ट ५
प्रेमको डोरीमा जोडेर वाइफाई टुक्र्यायौ मुटु ।
॰ वाइफाई ॰
२०२६ अगस्ट ५