About the author

परिचय

चूडामणि नेपाल ‘अकिञ्चन’को तस्बिर

चूडामणि नेपाल ‘अकिञ्चन’ को जन्म वि.सं. २०२२ सालमा सङ्खुवासभाको धुपूमा भएको हो। हाल उहाँ विराटनगर महानगरपालिका–१, जागृति टोलमा बसोबास गर्नुहुन्छ।

राजनीतिशास्त्र र नेपाली विषयमा स्नातकोत्तर, नेपाली शिक्षामा एम.एड. र कानुनमा स्नातक गर्नुभएका उहाँले ४१ वर्ष अध्यापन गर्नुभयो — गायत्री संस्कृत माध्यमिक विद्यालय, विराटनगर–७ को प्रधानाध्यापकका रूपमा, र मनकामना कलेज, ग्रिनलेण्ड कलेज, अर्किड कलेज तथा सिटी कलेजमा प्राध्यापनमा। उहाँ अधिवक्ता समेत हुनुहुन्छ।

कविता, कथा, मुक्तक र हाइकुमा कलम चलाउने उहाँ मानव अधिकार तथा शान्ति समाज, एम्नेस्टी इन्टरनेशनल, नेपाली लेखक सङ्घ मोरङलगायत धेरै सामाजिक सङ्घ–संस्थामा क्रियाशील हुनुहुन्छ।

जन्म
वि.सं. २०२२/१२/०५, धुपू–३, सङ्खुवासभा, कोशी अञ्चल
माता / पिता
खीनादेवी नेपाल / प्रेमनाथ नेपाल (जेष्ठ पुत्र)
स्थायी बसोबास
जागृति टोल, विराटनगर महानगरपालिका–१, कोशी प्रदेश
परिवार
पत्नी पुण्यकला नेपाल; छोराहरू नयन नेपाल र नमन नेपाल; बुहारी गृष्मा नेपाल
शिक्षा
एम.ए. त्रय — राजनीतिशास्त्र र नेपालीमा एम.ए., नेपाली एम.एड.; कानुनमा स्नातक
पेशा
अध्यापन (४१ वर्ष) तथा अधिवक्ता
लेखन विधा
कविता, कथा, मुक्तक, हाइकु र अन्य लेख रचना
रुचि
साहित्य रचना र अध्ययन
Published works

प्रकाशित कृतिहरू

  • अमूर्त सपना — आवरण कवितासङ्ग्रह

    अमूर्त सपना

    वि.सं. २०७२

  • जूनको आँगनमा — आवरण मुक्तकसङ्ग्रह

    जूनको आँगनमा

    वि.सं. २०७७

  • सहयोगी नेपाली व्याकरण — आवरण व्याकरण

    सहयोगी नेपाली व्याकरण

    वि.सं. २०७३

  • सजिलो नेपाली व्याकरण — आवरण व्याकरण · सह-लेखन

    सजिलो नेपाली व्याकरण

    वि.सं. २०७४

  • मेरो सरल नेपाली व्याकरण — आवरण व्याकरण · सह-लेखन

    मेरो सरल नेपाली व्याकरण

    वि.सं. २०७८

  • धुवाँको रङ — आवरण लघुकथासङ्ग्रह

    धुवाँको रङ

    वि.सं. २०८२

Awards & honours

पुरस्कार तथा सम्मान

  • षडानन्द प्रतिभा पुरस्कार — २०७३
  • केदारनाथ गुणकुमारी पुरस्कार
  • पल्लव राष्ट्रिय साहित्य सम्मान — २०७९
Contact

सम्पर्क

फोन: ९८४२०७२०६३
इमेल: choodamaninepal1@gmail.com