कविताका केस्रा
२०२६ अगस्ट ५
आगोलाई माया गरेँ पोल्छ थाहा छ तर पानी भेटिन ।
खहरेमा उर्लिएको मायाँ सागर भेटेपछि डुब्न लागेको सूर्यजस्तै शान्त छ ।
आँखामै आँखा डुबेपछि सागरको छालमा रमाउन छाँडे झरना पनि चाहिएन अहिले कसैको आँखाको कैदी छु ।
दुख्छ देश मुटुमा मुटुनै रहेन भने न तिमी न म न यो प्यारो देश ।
कर्मले त सकेनौ बोलेर त देखाउ बलभद्रको सन्तान नेपाली हौ तिमी ?
सङ्कोचनबाट अलिकति उठन तिमीसँगै लुम्बिनी र सगरमाथा पनि अलिकति चुलिन्छन् कि फिरन्ते चराहरु यतै भुलिन्छन् कि ?
अक्करले हाम फालेर अरुनमा योगमाया खोजिरहेछ चतरातिर सुम्नीमा खै तिम्रो मनुवा दह कहाँ छ ?